सुनको मूल्य तोलामा ६ सयले बढ्यो

0
489

काठमाडौं, १२ भदौ/आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ११ हजार ७ सय रुपैयाँ रहेको छ । तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार १५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here