इन्जिनियरिङको शुल्क वृद्धि विरुद्ध बालुवाटार घेर्‍यो नेविसंघले

0
477

काठमाडौं, १० भदौ/नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै आइतबार बालुवाटार घेरेको छ। आईओईले गरेको शुल्क वृद्धि विरुद्ध नेविसंघले बालुवाटार घेराउ गरेको हो।

नेविसंघका विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क फिर्ता लिनु पर्ने, त्रिवि र इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा स्थापित गरी अनुदान बढाउनु पर्ने, सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एउटै मापदण्ड कायम गरी एकरुपता ल्याउनु पर्ने, इन्टर्नसिप, रोजगार सुनिश्चितता र रिसर्चको व्यवस्था गर्नुपर्ने विदेश पलायनबाट रोक्नु पर्ने माग राखेका छन्। 

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले गरेको १४४ प्रतिशतको अवैज्ञानिक शुल्क वृद्धिका विरुद्ध नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईं आमरण अनसनमा रहेका छन्। नेविसंघको बालुवाटार घेराउ गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here