हेटौंडा, ७ असार/मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित रिठ्ठेदमारमा सडेगलेको अवस्थामा एकजनाको शव फेला परेको छ।
मकवानपुर र ललितपुरको सिमानामा रहेको बागमती खोला किनारमा सडेगलेको अवस्थामा शव फेला परेको जनाइएको छ ।
शवको सनाखत नभएको र शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।



