हेटौंडा, २ माघ/बागमती प्रदेशको उपसभामुखमा सत्ता गठबन्धनको तर्फबाट एमालेकी अप्सरा चापागाईँ खत्री ६१ मतसहित निर्वाचित भएकी छिन् ।
सोमबार प्रदेशसभामा भएको उपसभामुखको निर्वाचनमा चापागाईंको पक्षमा ६१ मत, विपक्षमा ३९ मत र तटस्थमा ७ मत परेको छ । यसअघि नेमकिपाकी उम्मेद्वार काफ्लेको पक्षमा ३ मत, विपक्षमा ६१ मत र तटस्थमा ४३ मत परेको छ ।
१०८ जना प्रदेशसभा सदस्य उपस्थित भएकामा सभामुखले मतदान गरेका थिएन् ।
उपसभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट एमालेकी अप्सरा चापागाईं खत्री, नेपाली कांग्रेसबाट सुना परियार र नेमकिपाकी गिता काफ्लेले मनोनयन दर्ता गरेका थिए ।
११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ जना सांसद छन् भने एकीकृत समाजवादीका ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्य रहेका छन् ।



