बागमती प्रदेशसभा बैठकः ५ अध्यादेश स्वीकृत

0
679

हेटौंडा, २ माघ/बागमती प्रदेश सभाबाट ५ अध्यादेश स्वीकृत भएको छ ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा मूख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेका ५ अध्यादेश सर्वसम्मत स्वीकृत भएको हो ।

प्रदेशसभाबाट प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९ स्वीकृत भएको हो ।

त्यसैगरी प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश २०७९ सर्वसम्मत स्वीकृत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here