सिन्धुलीको एनसेल टावरमा बम बिष्फोट

0
72
फाइल तस्वीर

काठमाडौं,२९ चैत/सिन्धुलीको कमलामाई नगरपालिकामा-४ रहेको एनसेल टावरमा बम बिष्फोट गराइएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गए राति १ बजे कमलामाई नगरपालिका-४ रहेको एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको हो ।

‘बम विस्फोटबाट टावरका विद्युतीय तारलगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका  डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए । उक्त बिष्फोटपछि  ‘वैकल्पिक उपायबाट मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ ।

डिएसपी दाहालका अनुसार घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ । ‘पर्चामा सुप्रिम कमान्डर परिवर्तन भन्नेले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here