श्री एयरलाइन्सकाे जहाज भैरहवामा आपतकालीन अवतरण

0
499

काठमाडौँ, १५ चैत/धनगढीबाट काठमाडौं उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवामा आपतकालीन अवतरण गरेकाे छ ।  धनगढीबाट काठमाडौँ उडेकाे झन्डै अढाई घण्टापश्चात् भैरहवामा आपतकालीन अवतरण गरेकाे हाे ।

जहाज आज बिहान ७ बजेर १२ मिनेटमा उडेकाे थियाे । काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा साढे ९ बजेतिर आपतकालीन अवतरण भएकाे थियाे ।​ ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए।

काठमाडौँमा अवतरण गर्ने क्रममा माैसम बिग्रिएपछि आकाशमै हाेल्ड गरी भैरहवामा उतार्नुपरेकाे विमानस्थल स्राेतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here