बाराको पिलुवामा बाघको मोटरसाइकलमा आक्रमण, दुई घाइते

0
465

बारा, १० फागुन/पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन्। बुधबार साँझ जितपुर सिमरा उपमहानगरपालिका-१६ पिलुवामा पथलैयाबाट रौतहट जाँदै गरेको ना ६५ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गरेको हो। 

गुडिरहेको मोटरसाइकलमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गर्दा मोटरसाइलकल चालक रौतहट बौधिमाइ नगरपालिका- ३ का ३० वर्षीय कृष्ण साह र मोटरसाइकलको पछाडि सवार ३५ वर्षीय राजु साह घाइते भएको बाराका डिएसपी दधिराम न्यौपानेका बताएका  छन्।

कृष्णको खुट्टामा र राजुको हातमा चोट लागेको निजगढ सामुदायिक अस्पतालमा उपचार गरिएको जनाइएको छ।एक्कासि बाघले आक्रमण गर्दा उनीहरूलाई राजमार्गमा यात्रा गरिरहेकाले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here