काठमाडौँ. ६ फागुन/नेपाली कांग्रेस काठमाडौँ क्षेत्रीय प्रदेश सभापतिहरूले महासमिति बैठकमा लागि पाँच बुँदे सुझाव तयार पारेका छन् । काठमाडौँका २० जना क्षेत्रीय प्रदेश सभापतिको प्रथम भेलाले महासमिति बैठक ‘विधान संशोधन, नीतिगत निर्माण र सुधारका लागि हाम्रो दृष्टिकोण’ भन्दै पाँच बुँदे सुझाव तयार पारेको हो ।
काठमाडौँ ९ (१) का प्रदेश सभापति मोहनकुमार बस्नेतले गठबन्धनको सहाराबाट मुक्त, समानुपातिक निर्वाचन प्रणाली, राजनीतिक संस्कृति, आचरण र मर्यादा, हाम्रो लक्ष्य, नारा र संकल्पपत्र र भातृ, शुभेच्छुक तथा पेशागत सङ्गठनबारे सुझाव तयार पारेको बताए ।
उनका अनुसार प्रदेश सभापतिहरूले आफ्ना सुझावहरू पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र नेता प्रकाशमान सिंहलाई हस्तान्तरण गरेका छन् ।