हेटौंडा, ८ माघ/यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि २७ गतेसम्म हुने भएको छ ।आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १५ गतेदेखि एसईई परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

बिचमा होली पर्व परेको र होली सक्किए लगतै एसईई परीक्षाको कार्य तालिका रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।
यस वर्ष परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेको जसमा तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्रा रहेका छन् ।
बोर्डले यो वर्षको परीक्षामा उत्तीर्ण हुन प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनु पर्ने व्यवस्था गरेको छ।



