प्रधानमन्त्री दाहालको न्यूयोर्क भ्रमण मन्त्रिपरिषद्‍‌बाट स्वीकृत

0
502

काठमाडौं, ६ भदौ/नेपाल सरकार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमणलाई स्वीकृत गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान प्रधानमन्त्री प्रचण्डलाई स्वीकृति प्रदान गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।  यो निर्णयसँगै प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान बाटो खुलेको छ।

यही भदौ अन्तिम साता प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका हुन्। सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा महासभा हुँदै छ।

यसैगरी बैठकले गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रगतिशील गायक टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार पर्यटनमन्त्रालयको प्रस्तावमा मन्त्रिमरिषद् बैठकले सो निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here