सत्ता-प्रतिपक्षीबीच दुई बुँदे सहमति

काठमाडौं, ६ भदौ/राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठकले सुन तस्करीका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति जुटाएको छ। सो सहमतिअनुसार ६१ किलो सुनकोमात्र नभएर कृष्णबहादुर महरा जोडिएको अर्को तस्करीसहितको छानबिन गर्ने निर्णय भएको छ।  यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ।

‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, सुधार, पटकपटकका सुन तस्करीका छानबिन अनुसन्धान बारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गरी आयोगले काम प्रारम्भ गर्नेछ,’ सहमतिमा लेखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रतिपक्षका ७ दलबीच सिंहदरबारमा छलफल भएपछि जाँचबुझ आयोग गठन गर्ने सहमति जुटेको हो। २ बुँदे सहमतिमा ७ दलका सचेतकहरूले हस्ताक्षर गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here