संखुवासभा कारागारमा झडप, दुईजनाको मृत्यु

0
142

काठमाडौँ,२४ साउन/संखुवासभा कारागारमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुईजनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले बताए ।

मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलाङ्गे छन् । बिहान ५ बजेतिर बाथरुमको रड काटेर जेलबाट भाग्न खोजेका उनीहरुलाई सुरक्षामा खटिएका प्रहरीले देखेपछि भित्र पठाएका थिए । त्यसपछि अन्य कैदीहरुले ‘जेल तोडेर किन भाग्न खोजेको ?’ भनेर विवाद गर्दा दुई पक्षको बीचमा कुटाकुट भएको थियो ।

बिहान ६ बजेतिर कुटपिटबाट घाइते भएका बलामी र तोलाङ्गेलाई उपचार गर्न लैजाँदा मृत्यु भएको डिआईजी बास्तोलाले बताए ।

कुटपिटमा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । डिआईजी बास्तोला भन्छन्– ‘कुटपिटमा संलग्नहरुबारे अनुसन्धान गर्दै छौं ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here