विद्वान गुरुङको अध्यक्षतामा ४०० सदस्यीय तरुण दलको तदर्थ समिति

0
532

काठमाडौं, १४ असार/नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा ४०० सदस्य थप गरिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा बुधवार राति ४०० सदस्य थप गरेका हुन् ।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेका पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । यसअघि महिला संघको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here