कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

0
548

विराटनगर, १४ असार/कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

नेकपा एमालेबाट सरकारको नेतृत्व गरिरहेका कार्कीलाई माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा) ले दिएको समर्थन फिर्ता गरेसँगै सरकार अल्पमतमा परेको छ ।
 
एमाले संसदीय दलले विश्वासको मत माग्ने निर्णय गर्दै यसका लागि सबै दललाई सघाउन आग्रह गरेको छ । दलको बैठकले सहमतिको सरकार बनाउन आह्वान  गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरवण भण्डारीले बताए । 

उनले भने, “प्रदेशलाई अस्थिरताबाट जोगाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरूलाई सहमतिको सरकार बनाउन आग्रह गरेका छौं ।”

मुख्यमन्त्री हिकमतकुमार कार्कीले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्राप्त गर्न कार्कीलाई ४७ मत आवश्यक छ । 

एमालेका ४० र राप्रपाका ६ सांसद उनको साथमा छन् । गठबन्धनतर्फ कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जसपा १ सांसद छन् । तीमध्ये सभामुख माओवादीबाट छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here