राष्ट्रपति पौडेल ११ दिनपछि डिस्चार्ज हुँदै

0
537

काठमाडौं, १३ असार/राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज हुन लागेका छन् ।

उनी मुटुको धड्कनमा समस्या देखिएपछि यही असार २ गते त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

राष्ट्रपतिको मुटुको सल्यक्रिया गरी पेसमेकर राखिएको छ । सबै स्वास्थ्य सूचक सकारात्मक भएपछि डिस्चार्ज गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here