रास्वपाको स्थापना दिवसमा घण्टी बजाउँदै दीप प्रज्वलन

0
499

हेटौंडा, ७ असार/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना दिवसको सन्दर्भमा आयोजित विविध सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन बिहीबार मकवानपुरमा घण्टी बजाउँदै दीप प्रज्वलन गरिएको छ । स्वतन्त्र पार्टीको कार्यालय हेटौंडाबाट घण्टीसहित निस्किएको ¥यालीका सहभागीले बुद्धचोकमा पुगेर दीप प्रज्वलन गरेका हुन् । 

असार ७ गते बेलुका ७ बजे, ७७ वटै जिल्लामा ७७ वटा बत्ति बाल्दै घण्टी बजाउने कार्यक्रम अन्तर्गत हेटौंडासहित जिल्लाको विभिन्न स्थानमा कार्यक्रम गरिएको पार्टीका मकवानपुर सभापति भरत पराजुलीले जानकारी दिए । 

स्वतन्त्र पार्टीको पहिलो स्थापना दिवसको सन्दर्भमा हेटौंडा अस्पताल परिसरमा वृक्षरोपण, हेटौंडा अस्पतालको सरसफाई, रक्तदान, अन्तरक्रियालगायतका कार्यक्रमको आयोजना गरेको थियो ।

त्यस्तै पार्टी स्थापना दिवसको अवसरमा बिहीबार बिहान रास्वपाले चियापान तथा शुभकामना कार्यक्रमको समेत अयोजना गरेको थियो ।

कार्यक्रममा जिल्लामा रहेका विभिन्न क्रियाशिल राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here