हेटौंडा, १ असार/मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सिडियो) मा सुर्यप्रसाद सेढाई आउने भएका छन् ।
गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गर्नेक्रममा खोटाङका सिडियो सेढाईंलाई मकवानपुर सरुवा गरेको हो ।
त्यस्तै मकवानपुरमा रहेका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेलाई सिरहाको सिडिओको जिम्मेवारी दिएको छ।
अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।



