मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा: कमल थापा

0
533

काठमाडौँ, २९ जेठ/राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप बढेर गएको भन्दै उनले यथास्थितिबाटै मुलुक रहिरहने हो भने दुर्घटना अवश्यम्भावी भएको जिकिर गरे ।

सोमबार काठमाडौँका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको बताए । उनले मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा आलोचना गरे ।

सस्तो लोकप्रियता र तालीको लागि भन्दा मुलुकको समस्याको दिगो समाधान तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा थापाको जोड थियो ।

कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, बागमती प्रदेश इन्चार्ज माधव खत्री, काठमाडौँ अध्यक्ष श्याम घिमिरेलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here