हेटौंडा, २८ माघ/नेपाल शिक्षक संघ, मकवानपुरको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा गणेश प्रसाद हुमागाई निर्विरोध चयन भएका छन् । शुक्रबार हेटौंडामा सम्पन्न भएको अधिवेशनले हुमागाईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा केशव प्रसाद देवकोटा, महिला उपाध्यक्षमा उमा कोइराला, सचिवमा श्रीराम लुइटेल, सचिव अर्थमा धनबहादुर लामा, सह–सचिवमा राजु रेग्मी, सह–सचिव महिलामा निर्मला तिमल्सीना, सह–सचिव अर्थ महिलामा सुभद्रा लम्साल, सह–सचिब समावेशीमा मोहनराज लामालाई निर्विरोध चयन गरेको छ ।
यसैगरी संघको जिल्ला सदस्यहरुमा देवेन्द्र प्रसाद यादव, लक्ष्मी सिवाकोटी, तिर्थमाया कोईराला, रुपा कुमारी दहाल, धनन्जय प्रसाद यादव, ध्रुवराज विष्ट, गणेश धिताल र श्रीबहादुर राई चयन भएका छन् ।
यस्तै संघीय महाधिवेशन प्रतिनिधिहरुमा श्वेता कोइराला, सुभद्रा अधिकारी, राम कुमार अधिकारी, राजु प्रसाद गौतम, राजेश घिमिरे, शम्भु प्रसाद बतौला र प्रदेश अधिबेशन प्रतिनिधिमा इन्दीरा कुमारी लुईटेल, सकुन्तला कुमारी ब्लोन, रेवतीरमण पहाडी, रामसागर गुरागाई, ज्ञानेन्द्र बतौला, माधव प्रसाद गौतम निर्वाचित भएका छन् ।



