आजको यस्तो छ सुनचाँदीको मूल्य

0
619

हेटौंडा, १८ माघ/सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य बुधबार तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार यसको मूल्य तोलाको १ लाख ५ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, बुधबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, मंगलबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here