गृहमन्त्रीको रिटमा सुनुवाइ सकियो, फैसला आउँदै

0
493

काठमाठौं, १३ माघ/गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता विवादमाथिको रिट सुनुवाइ सकिएको हो। संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका छन्।

यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको छ। यससँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन्।

यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ गरेका थिए। पूरा नभएका कारण सुनुवाइ शुक्रबारका लागि सारिएको हो।

रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए।

अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप लामिछानेलाई लगाइएको छ।

अमेरिकाको नागरिकता र राहदानी प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख छ।

लामिछाने मंसिर ४ गते सम्पन्न चितवन–२ मा प्रतिनिधिसभा निर्वाचित भएका थिए। गत पुस ११ गठित मन्त्रिमण्डलमा उनलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै राप्रपाका संसदीय दलका नेता उद्धव थापा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री बनेका छन् । उनले पुस २६ गते नै विना विगायीय मन्त्रीका रुपमा सथप लिएका थिए ।

यसैगरी राप्रपाबाट धादिङका डम्बरबहादुर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्टले वन तथा वातावरण मन्त्रीका रुपमा शपथ लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here