पोखरा विमान दुर्घटना: पाँच भारतीयसहित १५ विदेशी नागरिक

0
288

काठमाडौं, १ माघ/पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ । साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा चार चालक दलका सदस्यसहित ७२ यात्रु थिए । जसमध्ये ३ बालबालिका र ३ शिशुसहित ६४ वयष्क थिए ।

दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटीआर ७२ विमान कास्कीको नयाँगाउँमा दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २६ जनाको शव संकलन गरिएको बताइएको छ ।

अहिले पनि उद्धारकार्य जारी रहेको छ । स्थानीयहरूले भने दुर्घटनास्थलबाट आगोको मुस्लो निस्किरहेको भिडियो सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here