नेपाल प्रहरीका १७ डीआईजीको सरूवा

0
553

काठमाडौं, २८ पुस/नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरूवा भएको छ।

बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले १७ जना डीआईजीको काज सरूवा गरेको हो।

जसअनुसार प्रदेश नम्बर एकमा श्यामलाल ज्ञवालीले पुगेका छन्। यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए।

यस्तै मधेश प्रदेशमा बसन्त कुँवरले जिम्मेवारी पाएका छन्। कुँवर यसअघि प्रहरी प्रधान कार्यालय नक्सालको कार्यविभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत थिए।

यस्तै प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा सरूवा भएका छन्।

यस्तै बुद्धिराज गुरूङले गण्डकी प्रदेशको नेतृत्व पाएका छन्। प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाउँदा भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश पठाइएको छ।

यस्तै अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन्।

यसअघि मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी ल्याइएको छ।

कर्णाली प्रदेशमा कार्यरत पोषराज पोख्रेलको प्रहरी महानिरीक्षकको सचिवालयमा सरूवा भएको छ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणालाई खटाउँदा विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन्। यस्तै दुर्गा सिंहलाई भरतपुर शिक्षालय पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here