काठमाडौं, २७ पुस/नेपाल टी-२० लिगको फाइनल खेलमा लुम्बिनी अलस्टार्सले टस जितेर ब्याटिङ गर्दैछ ।
लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर सुपरकिङ्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टिमले चार चार जना विदेशी खेलाडीको साथमा मैदान उत्रिएका छन् ।
लुम्बिनी अलस्टार्सको टिममा दीपेन्द्र सिंह ऐरी, अनिल शाह, कुशल भुर्तेल, गुल्सन कुमार झा, सागर ढकाल, किशोर महतो, इशान पाण्डे, लहिरु मिलन्था, स्याड्ली भान स्काल्वीक, विपुल शर्मा, हर्मित सिंह छन् भने विराटनगर सुपरकिङ्स टिममा रोहित पौडेल, अर्जुन साउद, नन्दन यादव, सुर्य तामाङ, अमर सिंह रौतेला, पृथु बास्कोटा, विवेक कुमार यादव, मोहम्मद हुसेन तलात, गौरान्सु शर्मा, राज ननन्, कियोन जोसेप रहेका छन् ।