जसपाका सरोज यादव ६ दलको समर्थनमा बने मधेशको मुख्यमन्त्री

0
296

धनुसा, २७ पुस/मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

६३ जना सांसदको समर्थनसहित उनी मुख्यमन्त्रीमा नियुक्त भएका जसपाका सांसद रामआशीष यादवले जानकारी दिए। उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र दुई जना स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्ध कुमार सिंहले समर्थन गरेका हुन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएका यादव यसअघि मधेश प्रदेश सभाका सभामुख थिए। उनी राजपाबाट २०७४ सालमा निर्वाचित भएका थिए भने यसपटक उनी जसपाबाट बाराबाट निर्वाचित भएका हुन्।

उनी यसअघि संविधानसभामा सद्भभावना पार्टीबाट समानुपातिक सांसद थिए। उनी राज्यमन्त्रीसमेत भएका थिए।

मधेश प्रदेशमा नेकपा एमालेका २३, जसपाका १६, जनमत पार्टीको १३, माओवादीका ८, नेपाल संघीय समाजवादीका १, राप्रपाका १ सांसद छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here