हेटौंडा, २२ असोज/गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको घरमा आगजनी गरे ।
उनको मकवानपुरस्थित हेटौँडामा रहेको उनको घरमा प्रदर्शनकारीले जलाए । साथै मुख्यमन्त्री बानियाँका केही व्यवसायिक प्रतिष्ठानहरुमा समेत आगजनी गरियो । तर, यी सबैका बाबजुत मुख्यमन्त्री बानियाँले आफ्नो मनकारी कर्मलाई जारी नै राखेका छन् ।
त्यसक्रममा मुख्यमन्त्री बानियाँले बकैयाको आगलागी पीडितलाई व्यक्तिगत रुपमा सहयोग गरेका छन् । उनले गत भदौ २० गते भएको आगलागीका क्रममा मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेका आगलागी पीडितको घर निर्माणका लागि व्यक्तिगत रुपमा १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
मुख्यमन्त्री बानियाँले आफ्नै व्यक्तिगत तवरबाट गरिब असहायका घर निर्माण गरिदिने र विभिन्न सहयोग गर्ने अभियान थालेका थिए । सोही अनुसार उनले यसअघि पनि मुख्यमन्त्री बनेलगत्तै पनि थुप्रै सहयोग गरेका थिए ।



