सरकार २०८४ सालसम्म टिक्न सक्दैन: एमाले अध्यक्ष ओली

0
494

काठमाडौं, २८ मंसिर/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलको सरकार २०८४ सालसम्म नटिक्ने दावी गरेका छन्। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राका क्रममा बिहीबार भोजपुरको पौवादुङमा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारका कारण जनताले दु:ख पाएको भन्दै ८४ सालसम्म नटिक्ने दावी गरेका हुन्।

सरकार कुहिएको फल जस्तो भएको टिप्पणी गर्दै ओलीले सरकारको कामबाट सत्तारुढ नेपाली कांग्रेस पनि आजित भइसकेको तर्क गरे। देश अहिले गम्भीर संकटमा रहेको बताउँदै ओलीले देश जोगाउन राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताए। ओलीले संकल्प यात्रामा जनसहभागिता देखेर आफूहरूलाई थप उत्साहित बनाएको बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here