स्वतन्त्र पार्टीले निःशुल्क बस चलाएर सस्तो लोकप्रियता खोज्योः एमाले महासचिव पोखरेल

0
499

काठमाडौं, १८ साउन/नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा सस्तो राजनीति गर्न खोजिएको बताएका छन् । 

नेपाल स्वतन्त्र पार्टीले चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको सन्दर्भ जोडदै एमाले महासचिवले सस्तो लोकप्रियता कमाउन खोजिएको आरोप लगाएका हुन । 


‘पंचायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साईकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको थिए तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ ? भन्ने प्रश्न जागृत भएको छ,’ उनले लेखेका छन, ‘नयाँ र वैकल्पिक शक्ति बनाउछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ ।

हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो, यस्तो कुरामा गम्भीर बनौ ।’ उनका अनुसार  चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गर्न जरुरी छ ।

‘सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनबाट दिन खोजिएको सन्देश’ भन्ने शिर्षकमा सो सन्दर्भ जोडेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here