कांग्रेस बागमती प्रदेशः संगठन विभाग प्रमुखमा माइकल, प्रदेश सदस्यमा कोइराला मनोनित

0
522

हेटौंडा, २४ असार/नेपाली कांग्रेस बागमती प्रदेश समितीको संगठन विभाग प्रमुखमा रामचन्द्र अर्याल ‘माइकल’ मनोनित भएका छन्।

नेपाली कांग्रेसको विधानको धारा १३ (६) को ‘झ’ बमोजिम प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले आइतबार बागमती प्रदेश सदस्य माईकललाई संगठन विभाग प्रमुखमा मनोनित गरेका हुन् ।

कांग्रेस महासमिति सदस्यसमेत रहेका माइकल मकवानपुरका पूर्व पार्टी सभापतिसमेत हुन् ।

त्यसैगरी धारा १३ (१०) को ‘झ’ बमोजिम प्रदेश सदस्यमा प्रदीप कोइरालालाई मनोनित गरिएको छ । उनी कांग्रेस मकवानपुरका निवर्तमान जिल्ला सदस्य एवं प्रवक्तासमेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here