यथास्थितिमा बजेट पारित हुन दिँदैनौं: उपेन्द्र यादव

0
469

काठमाडौं, ७ असार/जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले अहिलेकै अवस्थामा सरकारले ल्याएको बजेट पारित हुने नदिने बताएका छन् । सरकारले गठबन्धन दलसँग छलफल नै नगरी बजेट ल्याएको भन्दै उनले यथास्थितिमा बजेट पारित हुन नदिने बताएका हुन् ।

‘सरकारले बजेटबारे सत्तासाझेदार दलसँग पनि छलफल गरेन’, बिहीबार पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संशोधनबिना अहिलेको बजेट पारित हुँदैन । हामी हुन दिँदैनौं ।’

उनले बजेटले बजेटले मधेश र मधेशीलाई उपेक्षा गरेको पनि आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here