बालेनको सिको गर्दै हेटौँडा-७ का वडाध्यक्षले पनि कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’

0
532

हेटौंडा, ३२ जेठ/हेटौंडा उपमाहानगरपालिका वडा नम्बर -७ का वडाध्यक्ष दामोदर गौतमले काठमांडौंका मेयर बालेनले जस्तै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । 

वडाध्यक्ष गौतमले देशलाइ साथ र समर्थक गर्दै बिहीबारबाट आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको प्रतिक्रिया दिएका छन् । यस अघि काठमाडौंका मेयर बालेन्द्र साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए।

छिमेकी मुलुक भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसमेत समेटिएको ‘अखण्ड भारत’ नामको नक्सा राखेपछि त्यसको प्रतिवादमा नेपाली जनप्रतिनिधिहरूले पनि पूर्व टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको विशाल नेपालको नक्सा आफ्नो कार्यालयमा राख्न थालेका हुन्।  

भारतले नेपाली भूमि मिच्न खोजेकाले त्यसको विरोधमा आफूले पनि कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेको वडाध्यक्ष गौतमले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here