बागमती प्रदेशको बजेट आज आउँदै

0
471

हेटौंडा, १ असार/बागमती प्रदेश सरकारले आज बजेट ल्याउँदै छ । प्रदेशसभा बैठकमा सरकारले आगामी आव २०८०/८१ का लागि बजेट ल्याउन लागेको हो । 

दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले बजेट प्रस्तुत गर्नेछन् । त्यसअघि मन्त्री परिषद बैठकले बजेट पास गर्नेछ ।

आगामी आवको बजेटले कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको जनाइएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here