बागमती प्रदेशमा सभामुख पदको निर्वाचनः सिर्जना सायजुको पक्षमा ३ मत, विपक्षमा ९८ मत र तटस्थ ७ मत

0
568

हेटौंडा, २९ पुस/बागमती प्रदेशमा सभामुख पदको निर्वाचनमा नेमकिपाबाट सभामुखकी उम्मेद्वार बनेकी सिर्जना सायजु बहुमतले अस्वीकृत भएकी छिन् ।
सभामुख पदको उम्मेद्वार सायजुको पक्षमा ३ मत, विपक्षमा ९८ मत र तटस्थमा ७ मत परेको छ ।
१०९ जना प्रदेशसभा सदस्य उपस्थित भएकामा कायममुकायम सभामुखले मतदान गरेका थिएन् ।

सभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सायजुले मनोनयन दर्ता गरेका थिए ।

बागमती प्रदेशसभाको सभामुखका सत्ता गठबन्धनका ५ वटा दलको समर्थनमा राप्रपाका पाठक उम्मेदवार बनेका हुन् । राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ जना सांसद छन् भने एकीकृत समाजवादीका ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here