बागमतीका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने

0
680

हेटौंडा, २७ पुस/नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन्।

मंगलबार बिहान २ सदस्य मन्त्रिमण्डल विस्तार गरी मुख्यमन्त्रीको सपथ लिएका जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका हुन। उनले माघ ३ गते प्रदेशसभा मार्फत विश्वासको मत लिने बुझिएको छ।

यस कार्यका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको बागमती प्रदेश सरकारका प्रवत्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताएका छन्। जम्कट्टेल नेकपा एमाले, राप्रपा,नेकपा एस र हाम्रो नेपाली पार्टीको समर्थनमा सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here