चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा खड्का

0
657

हेटौंडा, २५ पुस/चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा कपिल खड्का निर्वाचित भएका छन् । सोमबार हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो । खड्का यस अघि कार्यबहाक अध्यक्ष थिए । 

संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा, सहसचिवमा दीपेश दाहाल तथा सदस्यमा दर्शन क्षेत्री, मञ्जु मैनाली, सन्नु रिजाल, प्रवेश धिताल चयन भएका छन् । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्य मन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यता तथा संघको केन्द्रीय  समितिका संगठन उपाध्यक्ष कुवेर डंगोलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष मनोज देवकोटा र सचिव श्रीराम अर्जुनले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, जिल्ला अध्यक्ष मणिराज गौतम, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, पुर्व अध्यक्ष रामशरण दुलाल, पत्रकार महासंघका निवर्तमान अध्यक्ष हरि हुमागाई, कलाकार अमिर गौतम, ओम हल सञ्चालन राम प्रधानलगायतको आतिथ्यता रहेको थियो । साधारण सभा संघका कार्यबहाक अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here