काठमाडौं, ३० असोज/नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ । यसअघि बुधवार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधवार तोलामा ३ हजार २ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



