काठमाडौं, २८ चैत/नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सामन्ती सोचको राजा प्रजातान्त्रिक हुन नसक्ने बताएका छन् ।
कांग्रेस कांठमाडौं क्षेत्र नं ४ (ख) को बिहीबार दोस्रो प्रदेश सम्मेलन तथा नयाँवर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै नेता बानियाँले प्रजातान्त्रिक राजा बनाउँछु भन्दै अहिले राप्रपाले बोकेर हिडेको नेपाली जनताले नपत्याउने बताउँदै गणतन्त्रमा नागरिक भैसकेको राजा अब मालिक हुनका लागि केही थान उछृङ्खल तत्व बोकेर सडक आन्दोलन गर्न लगाएको बताए ।
कांग्रेस बागमती प्रदेश सभापति बानियाँले धर्मको नाममा विभिन्न बखेडा खडा गर्नेकाे माग सम्बोधनका लागि संविधानमा धर्म निरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रता लेख्दा कुनै फरक नपर्ने बताउँदै कसैले पनि धर्म र जातको नाममा राजनीति गर्न नहुने बताए ।
हिजो राजाका नाममा ठगि खाने हलि गोठालाहरुले ब्यक्तिको नाममा राजनीति गर्न खोजेको भन्दै सिद्धान्त, दर्शन र बिचारको नाममा राजनीति गर्न अहिलेको संविधानले कसैलाई पनि नरोकेको बताए ।
सम्मेलन तथा शुभकामना आदानप्रदान कार्यक्रम कांग्रेस कांठमाडौं क्षेत्र नं ४ (ख) का सभापति रामप्रसाद लुईटेलको सभापतित्वमा भएको थियो ।