सुनचाँदीको भाउ घट्यो

0
72

काठमाडौं, १४ माघ/नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

हिजो सुन तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

यससँगै चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी तोलामा १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here