रुपन्देही, १३ माघ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।
उनी अदालतले मागेको १ करोड रूपैयाँ बापतको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।
आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेको छ ।