
एजेन्सी, १४ माघ/स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध फराकिलो जित निकालेको छ ।
आइतबार राति सम्पन्न खेलमा भ्यालेन्सियाविरुद्ध बार्सिलोनाले ७–१ को जित निकालेको हो ।
बार्सिलोनाको जितमा फिर्मिन लोपेजले दुई, फ्याङकी डी जोङ, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले एक/एक गोल गरे । खेलमा एक गोल आत्मघाती भयो । भ्यालेन्सियाका लागि ह्युगो डुरोले एक गोल फर्काए ।
यो जितपछि बार्सिलोना २१ खेलमा ४२ अंकका तेस्रो स्थानमा छ । भ्यालेन्सिया २१ खेलबाट १६ अंकसहित रेलिगेसन जोनमा छ ।