हेटौंडा, १३ माघ/प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा यमप्रसाद शर्मा (एमपी) चयन भएका छन्।
शनिबार हेटौंडामा भएको छैठौं अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
सेन्टर उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ र सुरेश बल, कोषाध्यक्षमा राजेश थापा (गरिब) चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुमित विक, राजकुमार स्याङ्बो, केदार ढकाल, आशिष बल, युवराज बिमली, सीता कोइराला, विवेक सिन्तान चयन भएको र थप एक सदस्य कार्यसमितिको बैठकले मनोनित गर्ने जनाइएको छ ।