अभिनेत्री ममता कुलकर्णीले लिइन् सन्न्यास, बनिन् माई ममता नन्द गिरी

0
74

एजेन्सी, १२ माघ/९० को दशककी चर्चित चलचित्र अभिनेत्री ममता कुलकर्णीले शुक्रबार प्रयागराजमा चलिरहेको कुम्भ मेलाबाट आफ्नो आध्यात्मिक यात्रा सुरु गरेकी छिन् ।

समाचार वेबसाइट द हिन्दुका अनुसार उत्तर प्रदेश सरकारले उनलाई अब माई ममता नन्द गिरीको नामले चिनिने बताइएको छ ।

द हिन्दुका अनुसार उत्तर प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा ममता कुलकर्णीले कुम्भ मेलाको समयमा किन्नर अखाडामा संन्यास लिएकी थिइन्, त्यसपछि उनलाई नयाँ नाम दिइएको बताइएको छ ।

पिण्ड दान गरेपछि उनको पट्टाभिषेक किन्नर अखाडामा गरिएको थियो । मिडियासँग कुरा गर्दै अभिनेत्री ममता कुलकर्णीले भनिन् , ‘यो महादेव महाकालीको आदेश र मेरो गुरुको आदेश थियो । आज उनीहरूले रोजेको दिन थियो र मैले केही गरेन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here