सुन तोलामा ५ सयले बढ्यो

0
75

काठमाडौं, १२ वैशाख/नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर १ लाख ३६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३४ हजार ८५० मा कारोबार भएको थियो।  त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १०  रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि मंगलबार चाँदी तोलाको १६ सय ६० मा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here