काभ्रेबाट बनेपा आउँदै गरेको सुमो दुर्घटना, चालकसहित १० जना घाइते

0
54

धुलिखेल, १२ वैशाख/काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका – ५ मुलाबारीमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बुधबार बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । 

सुमो अनियन्त्रित भइ सडकबाट करिब ३०/३५ मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त गाडीमा आठ महिला र दुईजना पुरुस  थिए । जसमध्ये तीनजना महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here