काठमाडौं, १ वैशाख/आजबाट विक्रम संवत २०८१आरम्भ भएको छ । आज नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा नयाँ वर्ष मनाइदैंछ ।
वर्षको पहिलो दिनका अवसरमा आपसमा शुभभावना, शुभचाहाना सहित देशभर नेपालीहरुले नयाँ वर्ष मनाउँदैछन् ।
विदेशमा रहेका नेपालीहरुले पनि आजको दिन नयाँ वर्षलाई उत्साहपूर्ण ढंगबाट मनाउँदैछन् ।
सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ ।
कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवन सुरु भएको मानिन्छ ।
आजका दिन व्यक्तिले पूराना नमिठा पललाई बिर्सिएर नयाँ प्रण गर्ने दिनका रुपमा पनि लिन्छन् ।