एमाले अध्यक्ष ओलीले आइतबार बोलाए सचिवालय बैठक

0
82

काठमाडौं, १ वैशाख/ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आइतबार बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए।

सचिवालय बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औं स्थापना दिवस र उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने जनाइएको छ।

यससँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने अधिकारीले बताए।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा हुँदै छ।

त्यस्तै, वैशाख १५ गते प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा र प्रदेश सभा सदस्यका लागि बझाङ १‘क’ मा उपनिर्वाचन हुँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here