सुन तोलामा २ सयले घट्यो

0
181

काठमाडौं, २९ चैत/सुनको मूल्य आज बिहिबार घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेकोले जनाएको छ । आज चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here