हेटौंडा, २५ चैत/मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन् ।
आइतबार बिहान मनहरी गाउँपालिका ७ मा रहेको मुक्तेश्वर महादेव मन्दिर परिसरमा सुतेकै अबस्थामा एक व्यक्ति फेला परेका छन्।
मृत अवस्थामा फेला परेको व्यक्ति मकवानपुरको राक्सिराङ घर भएका ५१ बर्षीय डिलबहादुर थिङ रहेको र व्यक्तिको सनाखत आफन्तले गरेको मकवानपुर प्रहरीले जनाएको छ।
उनले खानेकुरा मागि हिँडने गरेको बुझिएको यद्यपि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
मुक्तेश्वर महादेव मन्दिर परिसरमा निर्मित प्रतीक्षालायमा सुतेकै अवस्थामा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।