काठमाडौं, २५ चैत/गण्डकी प्रदेशका सत्ता गठबन्धनका नेताहरूले सभामुखसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भएको हो ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्दैछन् ।
नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागिएको हो ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले दलहरूलाई यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । सोही अनुसार एमालेले आज मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको हो ।
सत्ता गठबन्धनका नेताहरूका अनुसार नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारको पालामा भौतिक पूर्वाधारमन्त्री बनेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई पनि गठबन्धनमा समेटिएको छ ।